समाज

धेरै ठाउँमा वर्षाको सम्भावना, बाढीको जोखिम कस्तो छ ?

प्रतिकात्मक तस्बिर

आज देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार दिउँसो  देशभर सामान्यतया बदली रही  धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । 

गण्डकी, ५ नम्बर,  कर्णाली र सुदूरपश्चिम प्रदेशका   थौरै  स्थान  र बागमती  प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । 

साथै बागमती, गण्डकी  र  प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  

बाढीकाे सम्भावना कस्ताे छ ?

आज  (बुधबार बिहान ७ बजेदेखि २४ घण्टासम्मकाे अनुमान) कोसी, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्ने तथा सबैमा बहाव सतर्कता चिह्नभन्दा तलै रहने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  

यस्तै कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाव समान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने सम्भावना छ। यसैगरी आज बबई, पशिचम राप्तीमा बहाव सामान्य घटबढ हुने तर सतर्कता तलै हुने महाशाखाले जनाएको छ ।  

बाढीकाे सम्भावनाबारे विस्तृत जानकारी तलकाे सूचनामा-

प्रकाशित: १७ भाद्र २०७७ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App