समाज

नवलपरासीकी संक्रमित महिलाको भिम अस्पतालमा मृत्यु

भैरहवाको भिम अस्पतालमा उपचारको क्रममा नवलपरासीकी एक कोरोना संक्रमित महिलाको गएराती मृत्यु भएको छ। नवलपरासीको रामग्राम नगरपालिका ५ की ६५ वर्षे ती महिलालाई सोमबार उपचारकालागि भैरहवाको भिम अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा मंगलबार राती ती महिलाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुमित प्रजापतीले बताए। आइसीयुमै राखेर उपचार गरीएपनि उनलाइ बचाउन नसकीएको डा प्रजापतीको भनाइ छ।  

मधुमेहको समस्या रहेकी ती महिलालाई ज्वरो रुघाखोकी लागेपछि भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो। स्वाब टेष्ट गर्दा उनलाई कोरोना पोजेटिभ देखियो। बुटवलको कोरोना अस्पतालमा आइसीयु बेड खाली नभएकाले भैरहवा भिममा पठाइएको थियो। यसअघि भिममा उपचारकै क्रममा रुपन्देहीको गैडहवाका एक ५० वर्षीय संक्रमितको मृत्यु भएको थियो।  

 

 

प्रकाशित: १७ भाद्र २०७७ ०५:१८ बुधबार

कोरोनाबाट मृत्यु कोरोना भाइरस