समाज

थप १ हजार ६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३४४ महिला र ७२५ पुरुष गरी १ हजार ६९ जना संक्रमित थपिएका हुन्। यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।  

यस्तै उपत्यकामा ४८१ जना नयाँ संक्रमित थपिएका छन्।  काठमाडौंमा ३९३ जना, भक्तपुरमा ३० र ललितपुरमा ५८ जना संक्रमित थपिएका हुन्।

 

प्रकाशित: १६ भाद्र २०७७ १०:४३ मंगलबार

कोरोना भाइरस