समाज

काठमाडाैंका पूर्व न्यायाधिश चालिसेको कोरोना संक्रमणबाट मृत्यु

प्रतिकात्मक तस्वीर

काठमाडाैंका पूर्व न्यायाधिश माधवप्रसाद चालिसेको गंगालाल हृदय केन्द्रमा आज बिहान मृत्यु भएको छ। अस्पताल पुग्ने बित्तिकै कोरोना परीक्षण भएकोमा आइतबार उनमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। ७० वर्षको उमेरमा उनको मृत्यु भएको हो। 

अस्पतालका अनुसार उनी भदौ ११ गते अस्पताल भर्ना भएका थिए। भने १२ गते उनमा कोरोना पुष्टि भएको थियो।  

लामो समयदेखि मुटुरोगको समस्या भएका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा.चन्द्रमणी अधिकारीले बताए। उनको मुटुमा गम्भीर समस्या भएकाले कोरोना संक्रमणबाट मात्र नभई दीर्घरोगको कारण मृत्यु भएको अस्पतालले जनाएको छ। न्यायाधिश काठमाडौ महानगरपालिका–३ का स्थायी बासिन्दा हुन्।

प्रकाशित: १६ भाद्र २०७७ ०७:४८ मंगलबार