समाज

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पुष्टि

काठमाडौं महानगरकापालिकाका मेयर विद्या सुन्दर शाक्यलाई कोरोना पुष्टि भएको छ। मेयर शाक्यलाई कोरोनो पुष्टि भएको महनगरका सह–सचिव राजेश्वर ज्ञवालीले जानकारी दिए।  ज्ञवालीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले घरमै बसिरहेका छन्। उनकी श्रीमतीलाई भने कोरोना देखिएको छैन।

प्रकाशित: १५ भाद्र २०७७ १३:०२ सोमबार