समाज

उपत्यकामा थपिए २९८ संक्रमित

पछिल्लो २४ घण्टामा उपत्यकामा २९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १९० जना, भक्तपुमार ४१ जना र ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन्। पछिल्लो पटक देशभर ८९९ जना संक्रमित थपिएका छन्। देशभर अहिलेसम्म संक्रमितको संख्या ३९४६० पुगेको छ।  

 

प्रकाशित: १५ भाद्र २०७७ १०:४२ सोमबार

कोरोना भाइरस