समाज

पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १२ सय २१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये ३४८ महिला र ८७३ पुरुष छन्। १२ हजार ७ सय १७ जनाको पिसिआर परीक्षण गर्दा उक्त संक्रमित भेटिएका हुन्। यस्तै २६७ जना डिस्चार्ज भएका छन्।  

देशभर १ सय ४४ जना आइसियूमा र १७ जना भेन्टिलेटरमा उपचाररत छन्। यस्तै काठमाडौंमा ३७२ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ४५ संक्रमित भएका छन्।  

 

प्रकाशित: १४ भाद्र २०७७ १०:४८ आइतबार

कोरोना भाइरस