समाज

रौतहटमा करेन्ट लागेर युवकको ज्यान गयो

करेन्ट लागेर रौतहटमा एक युवकको ज्यान गएको छ। धान खेत सिचाइ गर्नको लागि पानी तान्न मोटरको तार जोडने  क्रममा करेन्ट लागेर स्थानीय फतुवा बिजयपुर नगरपालिका ८ का रबिन्द्र साहको ज्यान गएको हो।

बिधुत मोटरले पानी तान्नेक्रममा बिहान करेन्ट लागेर साह बेहोस भएका थिए। करेन्ट लागेर बेहोस भएका युवकको उपचार गर्न चिकित्सकले आनाकानी गरेपछि स्थानीयले डाक्टरलाई स्थानीयले केहिबेर घेराउ गरेका थिए।  

करेन्ट लागेर अचेत भएका रबिन्द्रलाई उपचारको लागि बिजयपुर बजारमा रकेको एक क्लिनिकमा लैजांदा चिकित्सक भगवत चौधरीले बिरामीलाई उपचार समेत नगरेको स्थानीय श्रीभगवान साहले बताए।

पछी थप उपचारको लागि चन्द्रनिगाहपुर लिएर जानेक्रममा रबिन्द्र साहको बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी नायब निरीक्षक सुरेन्द्र सिंहले बताए। रबिन्द्रको मृत्यु पछि आक्रोशित समूहले फतुवा बिजयपुरका नगर स्वास्थ संयोजक समेत रहेका चौधरीलाई आधी घण्टा घेरेका थिए। घटनाबारे छलफल गर्ने सर्तमा चिकित्सक चौधरीलाई उद्वार गरेको प्रहरी ले जनाएको छ। 

प्रकाशित: १४ भाद्र २०७७ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App