समाज

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय सात पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।  

पछिल्लो २४ घण्टामा पाल्पा, ललितपुर, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा र गोरखामा गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा तीन जना महिला र नौ जना पुरुष छन् । 

पाल्पामा ३० वर्षीया महिला र ४८ र ३९ वर्षीय पुरुष, काठमाडौंमा ५१ वर्षीया महिला र ८३ वर्षीय पुरुष, भक्तपुरमा ६२ वर्षीया महिला र ८२ वर्षीय पुरुष र ललितपुरमा ७२ र ६१ वर्षीय पुरुषको मृत्यु भएको गौतमले बताए। 

यस्तै, सिरहामा ८४, गोरखामा ३८, कास्कीमा ५८ वर्षका पुरुषको मृत्यु भएको छ । 

प्रकाशित: १३ भाद्र २०७७ ११:२५ शनिबार

कोरोनाबाट मृत्यु