समाज

स्थिति नियन्त्रण बाहिर जान थालेपछि डिएपी महतो प्रदेश प्रहरी कार्यालय तानिए

युवक हत्या प्रहरण

रौतहटको गरुडा ८ जिङगडियामा भएको युवकको हत्या प्रकरणमा स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतो प्रदेश २ प्रहरी कार्यालय जनकपुर तानिएका छन्। दुई हाप्ता अघि स्थानी २२ वर्षीय निरन्जन रामको घाँटी रेटेर हत्या भएको थियो । सोही हत्याको अनुसन्धानको क्रममा प्रहरीले स्थानीय सात जना युवालाई नियन्त्रणमा लिएको थियो ।

 नियन्त्रणमा लिएर हिरासतमै चरम यातना दिएर बिजय रामको ज्यान लिएको आरोप लागेपछि स्थिति तनावग्रस्त भएको हो । दलित अगुवाहरुले घटनाको छानबिन , दोषीमाथि कार्यवाही, पीडित परिवारलाई क्षतिपूर्ती र डिएसपी महतोसहित अनुसन्धानमा खटिएका प्रहरीलाइ निलम्बन गरी कार्यवाही गर्ने माग गर्दै स्थाननीयले प्रदर्शन जारी राखेका छन् ।

शनिबार इलाका प्रहरी कार्यालय गरुडामाथि स्थानीयले ढुङ्गा मुढा पनि गरेका छन् । दलित अगुवाहरू नेतृत्वमा गरुडामा लगातार प्रदर्शन भैरहेको छ ।  

यसैबीच प्रहरी प्रधान कार्यालयले डिएसपी महतो काज फिर्ता गर्दै प्रदेश २ प्रहरी कार्यालय जनकपुर पठाएको छ । प्रहरीको कुटपिटबाट गम्भीर घाइते बनेका रामको अवस्था बिग्रेपछि उपचारको लागि बिरगंज लगिएको थियो । बिरगंजमा उनको गत बुधबार राती नेशनल मेडिकल कलेजमा उनको ज्यान गएको थियो । दलित युवकको ज्यान गएपछि अधिकारकर्मीहरुले प्रहरीमाथि दवाब दिदै काठमाडौं टिचिङ अस्पतालमा उनको पोस्टमार्टम गरिएको छ । पीडितले शव बुझ्न अस्वीकार गरेका छन् । घटनाका दोषीलार्इ कार्यवाही नहुन्जेल शव नबुझ्ने दलित अधिकारकर्मी धर्मेन्द्र पासवानले बताए।

प्रकाशित: १३ भाद्र २०७७ १०:५७ शनिबार

युवक हत्या प्रहरण