समाज

अरिङ्गालकाे टाेकाइबाट बालककाे मृत्यु

प्रतिकात्मक तस्बिर

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट शुक्रबार राति एक बालकको मृत्यु भएको छ । जिल्लाको चौकुने–६ का ७ वर्षीय खगेन्द्र बयकको मृत्यु भएको हो ।  

समयमै उपचार नहुँदा शुक्रबार राति ९ बजे बाटोमै उनको मृत्यु भएको हो । बालक घरनजिकै माथिल्लो भावरको रातीमाटे डाँडामा आफ्ना साथीसँग गाई–गोरु चराउन गएका थिए ।  

दिउँसो ४ बजे अरिङ्गालले टोकेपछि उनी हतारहतार घर फर्किएका थिए । घरमा घरेलु उपचार गर्दागर्दै उनी बेहोस भएका थिए । त्यसपछि उपचार गर्न लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । 

गुटुमा रहेको स्वास्थ्य चौकी लैजाने क्रममा बालकको मृत्यु भएको नेकपा चौकुने गाउँपालिका कमिटी सचिव हरि अधिकारीले जानकारी दिए । बयक स्थानीय जीवन ज्योति मावि कक्षा १ मा अध्ययरत थिए । 

प्रकाशित: १३ भाद्र २०७७ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App