कोराना भाइरसका कारण जारी लकडाउनले मुस्लिम समुदायको प्रमुख चाड मोहरम घरमै तहजियाको पूजापाठ गरी मनाउने निर्णय गरिएको छ । आउने आइतबार परेको मोहरम पर्व कपिलवस्तुमा मुस्लिम र मधेसी समुदायले धुमधामसँग मनाउने चलन छ । तर यस वर्ष कोरोनाका कारण बाजागाजा नबजाउने, भीडभाड नगर्ने, मेला नलगाउने र पसलसमेत नखोल्ने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा मुस्लिम अगुवासहित सरोकारवालाको बैकठले सो निर्णय गरेको हो । सो पर्वमा करबलामा विसर्जन गरिने तहजिया ट्याक्टरले घरघरमै गई संकलन गर्नेछ । करबलामा विसर्जन गर्दा बढीमा दुईजना मात्र मौलाना सहभागी हुने निर्णय भएको मुस्लिम अगुवा रउफ अहमद खाले बताए । निर्णयको विषयमा माइकिङ र ट्याक्टरको व्यवस्थापन जमा मस्जिद आले सुन्नत समितिले गर्ने जनाइएको छ । मुस्लिमको बढी जनसंख्या रहेको कपिलस्तुका २ सय बढी करबलामा मेला लाग्ने र तहजिया सेलाउने गरिएकोमा यस वर्ष भने लकडाउनले सो पर्व खल्लो बनेको मुस्लिम अगुवा बताउँछन् । म्ुस्लिम अगुवा खानले निर्णयको पालना गर्न अपिल गरेका छन् ।
प्रकाशित: १३ भाद्र २०७७ ०३:१७ शनिबार