गोरखा नगरपालिका–१० छेवेटारकी कोरोना संक्रमित ३७ वर्षीया महिलाले जुम्ल्याहा छोरा जन्माएकी छिन् । चितवनस्थित भरतपुर अस्पतालमा उपचार गराउन गएकी महिलामा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
‘उहाँको शल्यक्रियाको समय भदौ १२ गते थियो, हामीले शुक्रबार सफल शल्यक्रिया ग¥यौं,’ अस्पतालका सिनियर कन्सल्टेन्ट डाक्टर रामप्रसाद सापकोटाले भने, ‘अहिले बच्चा र आमाको अवस्था समान्य छ ।’ नवजात शिशु र आमा तीनै जनाको पिसिआर जाँच गर्ने र रिपोर्टका आधारमा मात्रै आमासँग भेट गराउने चिकित्सकले बताएका छन् । महिलामा कोभिड–१९ लक्षण खासै नदेखिएकाले छिट्टै ठिक हुने शल्यक्रियामा संलग्न चिकित्सकले बताएका छन् ।
भरतपुर अस्पतालले कोभिड १९ संक्रमित गर्भवतीको शल्यक्रिया वा सुत्केरी गराउन छुट्टै चिकित्सक टिम खटाउने गरेको छ । ‘एक हप्तासम्म एउटा टिमले संक्रमितको मात्रै प्रसूति गराउँछ,’ प्रसूति रोगविशेषज्ञ सापकोटाले भने, ‘एक हप्तापछि उनीहरू क्वारेन्टिन बस्छन्, नयाँ टिम आउँछ ।’ क्वारेन्टिन बसेकाहरूको पिसिआर जाँच गरेर अवस्था सामान्य भएपछि काममा फर्कने गरी तालिका बनाइएको उनले बताए ।
प्रकाशित: १३ भाद्र २०७७ ०३:०६ शनिबार