समाज

अहिलेसम्म प्लाजमा थेरापीबाट कति जनाको उपचार भयो ?

कोरोना संक्रमितका लागि नेपालमा पनि प्लाज्मा थेरापीबाट उपचार थालिसकिएको छ। देशभर यस विधिबाट २० जना भन्दाा धेरैको सफल उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्। २० हजार २४२ जना कोरोना मुक्त हुँदा ४२ जनाले मात्र प्लाज्मा दान गरेका छन्। कोरोनाबाट निको भएकाहरुले सम्वन्धित अस्पताल र रेडक्रसमार्फत सुरक्षितरुपमा प्लाज्मा दान गर्न सक्ने उनले बताए।  

‘कोरोनाबाट मुक्त भएर घर फर्केकाहरुको कोरोना उपचामा ठूलो भूमिका छ’, गौतमले भने, ‘भोली संक्रमित हुँदा आज कोरोना निको भएका मानिसहरु नै चाहिन्छ। उनिहरुले दान गरेको प्लाज्मा उपचारको लागि आवश्यक हुन्छ।‘

स्वास्थ्य मन्त्रालयका अनुसार ग्रान्डी अस्पताल ब्लड बैँकमा २० देखि ५९ वर्षका ३७ जना, त्रिवि शिक्षण अस्पतालमा २ , बुटवलमा २ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जनाले प्लाज्मा दान गरेको छन्।  

 

प्रकाशित: १२ भाद्र २०७७ १३:०९ शुक्रबार

कोरोना भाइरस प्लाज्मा थेरापी