समाज

धादिङमा बाढीले बस्तीमा क्षति, १२ सय माछा बगायो

बाढीले बगाएको ज्वालामूखी गाउँपालिकाको ढोला र सिद्धलेक गाउँपालिकाको नलाङ जोड्ने च्याँडु खोला पुलको ढोला साइडको डाइभर्सन ।

जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ४ दोभानटारमा बिहिबार राती आएको बाढीले बस्तीमा क्षति पुर्याएको छ । च्याँडु खोलामा आएको बाढी बस्तीमा छिर्दा घरका आँगन तथा पिढी समेत भाँसिएको छ भने झ्याल ढोका समेत बगाएका छन् । घरमा रहेको सरसामान बगाएको र बाँकी छरिएका छन् । घरभित्र खोलाले ल्याएका काठपात तथा लेदोले भरिएको छ । बस्तिमा रातको समयमा बाढी छिरेपनि मानविय क्षति भने नभएको स्थानीयले बताएका छन् ।    

बस्तिमा बाढी छिर्दा ज्वालामूखी गाउँपालिका–४ ढोलाकी ज्ञानुका नहर्की, गोविन्द नहर्की, होमनारायण श्रेष्ठ, सिताराम खनाल, सुरेश श्रेष्ठ, शिवमायाँ दुवाडी र विनादेवी दुवाडीको घरमा क्षति पुगेको छ । ज्वालामूखी गाउँपालिकाको ढोला र सिद्धलेक गाउँपालिकाको नलाङ जोड्ने च्याँडु खोला पुलको ढोला साइडको डाइभर्सन बगाएपछि सडक सञ्जाल अवरुद्ध भएको छ । सवारी साधन आवतजावत गर्न सक्ने अवस्था छैन ।  

त्यस्तैगरी, सिद्धलेक गाउँपालिका वडा नम्बर १ र २ नलाङका केही घरहरूको जगमा क्षति पुगेको छ । खोलाले जग खोतल्दा बस्ती जोखिम भएको विरबहादुर खनालले बताए ।  घरभित्र रहेको सरसमानहरू बगाउँदा कति क्षति भयो भन्ने अझै यकिन हुन सकेको छैन । क्षतिको विवरण संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।  

त्यस्तै धुनीबेसी नगरपालिकास्थित महेशखोलामा आएको बाढीले स्थानीयले पालेको माछा बगाएको छ । अविरल वर्षा, सुरुङ मार्ग निर्माणको लेदोले धुनीबेसी कृषि फर्मालाई क्षति पुर्याउँदा त्यहाँ व्यवसायीक रुपमा पालिएका १२ सय माछा बगाएको स्थानीय रविन भुजेलले बताए ।

प्रकाशित: १२ भाद्र २०७७ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App