समाज

दिनदिनै भूकम्प जान थाल्याे, आज कास्कीमा गयाे

कास्कीमा बिहिबार साँझ भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको हेम्जा केन्द्रबिन्दु भएर  साँझ ५ बजेर २७ मिनेटमा भूकम्प गएको हो ।  

३.१ रेक्टर स्केलकाे भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महसुस गरिएको थियो। याे धक्का २०७२ मा गएकाे महाभूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ।

हिजो बुधबार पनि काठमाडौंमा भूकम्प गएको थियो । 

यो पनि पढ्नुहोस्

काठमाडौंमा भूकम्पको धक्का

प्रकाशित: ११ भाद्र २०७७ १३:०८ बिहीबार

भूकम्प