समाज

डोल्पा एक साताका लागि सिल

नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको बढ्दो जोखिमबाट नागरिकलाई बचाउन पुर्व सर्तकताको लागि डोल्पा जिल्लालाई एक सातासम्मको लागि सिल गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालयमा बुधवार बसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लालाई एक सातासम्मको लागि सिल गर्ने निर्णय गरेको हो।

छिमेकी जिल्लाहरु रुकुम जाजरकोट र जुम्लामा कोभिड–१९ को संक्रमण र जोखिम उच्चस्तरमा रहेको र निषेधाज्ञ समेत जारी भएको अवस्थामा डोल्पामा पनि संक्रमणको अवस्था जोखिम हुन सक्ने देखेर संक्रमणको विस्तारलाई रोक्नको लागि एक साताको लागि बुधवार राती १२ बजेदेखि लागू हुने गरि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।  

यसैगरि सिमा नाकाहरुमा सिल गर्नुका साथै नागरिकको परिक्षणको दायरालाई विस्तार गर्दै लैजाने निर्णय भएकोले यस अघिको बन्दाबन्दी र सिमा नाका सिलमा सहयोग गरेझै यस पटक पनि सबै नागरिक जनप्रतिनिधिले जोखिम न्युनीकरण र रोकथामको लागि अत्यवश्यक कामको सिलसिलामा बाहिर निस्कदा अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग गर्न समेत सबैमा अनग्रह गरिएको पनि प्रजिअ सुनारले बताए। कोरोना भाइरसको संभावित जोखिमबाट बच्नको लागि बुधवारबाट जिल्लामा संचालन हुदै आएका आन्तरिक यातायात सेवालाई पुर्णरुपमा बन्द गरिएको छ।  

प्रकाशित: १० भाद्र २०७७ १२:३१ बुधबार