काठमाडौंमा बुधबार दिउँसो भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो ।
कालीमाटीलाई केन्द्रबिन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ।
साथै यो २०७२ मा गएको महाभूकम्पकै परकम्पन भएको पनि केन्द्रले जनाएको छ ।
प्रकाशित: १० भाद्र २०७७ ११:२२ बुधबार