समाज

पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये दुई जना मोरङ र भक्तपुरका महिला छन्। मृतकमा कैलालीका २ जना, महत्तोरीका ३ जना, बाँकेका १ जना, काठमाडौंका १ जना र बाराका २ जना छन्‍। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार २ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ८८५ मा संक्रमण भेटिएको हो। यस्तै ३८५ जना कोरोना मुक्त भएर घर फर्केका छन्। अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ।  

३४ हजार ४ सय १८ जना संक्रमित हुँदा १४ हजार ७ सय ४९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

 

प्रकाशित: १० भाद्र २०७७ १०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App