समाज

चिकित्सकसहित छ जनामा कारोना संक्रमण

कर्णालीमा एक चिकित्सकसहित छ जना कोरोना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सक र एक कर्मचारीसहित छ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश अस्पतालका अनुसार ओपिडीमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण देखिएको हो। यस्तै प्रदेश अस्पतालमा कार्यरत एक जना महिला कर्मचारीमा पनि  कोरोना संक्रमण देखिएको छ। चिकित्सक र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारै अन्य चिकित्सक र कर्मचारी गरेर ५१ जनाको स्वाव संकलन गरिएको छ।

यस्तै चौकुने गाउँपवालिकाका आठ वर्षीय बालकसहित दुई जना, गुर्भाकोट नगरपालिकाका एक जना र भारतको बनारसमा १९ वर्षीय युवकमा पनि कोरोना संक्रमण देखिएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय १९ पुगेको छ। यि मध्ये कर्णालीमा सक्रिय विरामीको संख्या २९४ छ। कर्णालीमा कोरोना संक्रमणबाट छ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: १० भाद्र २०७७ ०९:५४ बुधबार

कोरोना भाइरस