समाज

बाँकेमा कोरोना संक्रमित थप एक युवकको मृत्यु

बाँकेमा कोरोना भाइरस संक्रमित थप एक युवकको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ निवासी ३७ वर्षिय पुरुषको मंगलबार राती साढे १ बजेतिर मृत्यु भएको हो।  

उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले जानकारी दिए। यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ। यसअघि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकामा ४ जनाको मृत्यु भएको थियो।  

 

 

प्रकाशित: १० भाद्र २०७७ ०८:०४ बुधबार

कोरोना भाइरस