समाज

पाँचथरमा तीन प्रहरीसहित चार जनामा कोरोना पोजेटिभ

पाँचथरमा तीन जना प्रहरी र एकजना विदेशबाट आएर क्यारेन्टिनमा बसेको व्याक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। पछिल्लो रिर्पोट अनुसार जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत तीन जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो।

केहि दिन अघि मोरङबाट सरुवा भएर आएका प्रहरीमा कोरोना देखिएको थियो। सरुवा भएर आएका प्रहरीमा कोरोना देखिएपछि अरु प्रहरीहरुको स्वाब संकलन गरेर पठाइएको थियो।  

जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीका अनुसार तीन जना प्रहरी र एकजना भारतबाट आएर क्वारेन्टिनमा बसेका व्याक्तिमा कोरोना पोजेटिभ देखिएको हो। २६ वर्षीय २ र २३ वर्षीय एक जना प्रहरी तथा ५५ वर्षीय क्वारेन्टिनमा बसेका लागि कोरोना पोजेटिभ देखिएको हो। ४३ जना प्रहरीको भने कोरोना नेगेटिभ देखिएको छ।  

प्रहरीमा कोरोना पोजेटिभ देखिएपछि आवश्यक सचेतना अपनाइएको डिएसपि सिद्धराज न्यौपानेले जानकारी दिए। कोरोना संक्रमित देखिएका तीनै जनालाई फिदिमकै अगुवा स्रोत केन्द्रमा रहेको आईसोलेसनमा राखिएको छ।

एकैपल्ट चारजनामा कोरोना देखिएपछि जिल्लामा चिन्ता बढेको देखिन्छ। यस अघि संक्रमित भएका तीन जना इलामको आइसोलेनमा रहेका छन्। हाल जिल्लाका सात जनामा कोरोना सक्रमण देखिएको छ। यस अघि पाँच जना निको भएर घर फर्किसकेका छन्।  

प्रकाशित: १० भाद्र २०७७ ०५:३४ बुधबार