समाज

विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा कोरोनाको "हट्स्पट" बनेको विराटनगरमा थप एक जनाको ज्यान गएको छ।  विराटनगरकी एक जना कोरोना संक्रमित महिलाको मंगलबार राती उपचारकै क्रममा मृत्यु भएको हो।यहाँको विराट शिक्षण  अस्पतालमा उपचाररत   विराटनगर ११ की ४४ वर्षीया  कोरोना संक्रमीत महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ।  स्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार  बेलुका अस्पतालको  आकस्मिक कक्षमा भर्ना गरिएको थियो। विरामीको अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।  कोशी अस्पतालमा स्वाब दिएपछि थप उपचारको लागि विराट टिचिङ्ग हस्पिटल लगिएको थियो।  संक्रमितको मृत्यु भएपछि कोरोना पोजेटिभ रिपोर्ट आएको हो।

मृतकको शव व्यवस्थापनको लागि तयारी भइरहेको अस्पतालले जनाएको छ। योसँगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। जसमध्ये २ महिला र ९ पुरूष छन् ।

 

 

प्रकाशित: १० भाद्र २०७७ ०३:४५ बुधबार

कोरोना भाइरस