समाज

प्रहरी कार्यालयका २१ जना थुनुवामा कोरोना पोजेटिभ

जिल्ला प्रहरी कार्यालय सुनसरीका २१ जना थुनुवामा कोरोना पोजेटिभ पुष्टि भएको छ।  

जिल्ला प्रहरी कार्यालयका थुनुवाको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईंले बताए। कोरोना पुष्टि भएका थुनुवा हत्या, जर्वरजस्ती करणी, लागुऔषधलगतयका मुद्दाका रहेको प्रहरी प्रमुख एसपी कमल थापाले बताए।  

उनका अनुसार एक जना कर्तब्य ज्यान मुद्दाका व्यक्तिबाट थुनुवामा कोरोना संक्रमण भएको खुलेको छ। पछिल्लो समय प्रहरीले पक्राउ गरेका थुनुवालाई जिल्लाका अन्यत्र स्थानमा अलग अलग राखिएकाले गर्दा थपमा भने कोरानो हुनबाट जोगाएको एसपी थापाले बताए।  

कोरोना पोजेटिभ भएका थुनुवालाई जिल्ला प्रहरी कार्यालयमै अलग अलग राख्ने तयारी भएको छ। उनीहरुको अवस्था हेरेर चिकित्सक टोली पनि बोलाएर आवश्यक परामर्श दिइने भएको छ।

प्रकाशित: ९ भाद्र २०७७ १३:१६ मंगलबार

कोरोना पोजेटिभ