समाज

उपत्यकामा जारी निषेधाज्ञा एक साता बढाउन सिफारिस

उपत्यकामा जारी निषेधाज्ञा एक साता बढाउन सिफारिस गरिएको छ। उपत्यकाका जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले निषेधाज्ञा बढाउन सिफारिस गरेको हो।  

सुरक्षा स्रोतका अनुसार जारी निषेधाज्ञाले कोरोना नियन्त्रणका लागि भूमिका खेलेको भन्दै थप एक साता बढाउन सिफारिस गरिएको हो। आज जनप्रतिनिधिसहित  काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो। उपत्यकामा भदौ ३ गतेदेखि १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। कोरोना भाइरसको संक्रमणदर बढेपछि थप एक साता निषेधज्ञा बढाउन लागिएको हो। गृहमन्त्रालयसँगको थप छलफलपछि यसबारेमा आजनै निर्णय हुने स्रोतले जनायो।

प्रकाशित: ९ भाद्र २०७७ १२:२५ मंगलबार

काठमाडौं