समाज

भयावह बन्दै भक्तपुरमा कोरोना भाइरस

तीन सय नाघ्यो, दुईजनाको मृत्यु

भक्तपुरमा पछिल्लो दिनहरुमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ। चार वटा नगरपालिकाहरुमध्ये काठमाडौंसँंग जोडिएको यहाँंको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा समुदायस्तमै कोरोना संक्रमण भएको भन्दै चिन्ता व्यक्त गर्न थालिएकाे छ।

जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले दिएको तथ्यांक अनुसार मंगलबारसम्म जिल्लामा तीन सय १३ जनामा कोरोना पुष्टि भएको छ। योमध्ये सवैभन्दा बढी मध्यपुर थिमि नगरपालिमा एक सय भन्दा बढी जनामा कोरोना पुष्टि भएको छ।  

संक्रमितहरु मध्ये ६९ जना निको भइसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। पछिल्लो पटक मंगलबार १४ जना, यसअघिको सोमबार १४ जना, आइतबार २८ जना र शनिबार अहिलेसम्मकै सवैभन्दा बढी ५० जनामा कोरोना पुष्टि भएको थियो।  

संक्रमितहरूलाई पाटन अस्पताल, टेकु अस्पताल, सोल्टी होटल, सशस्त्र प्रहरी अस्पताल बलम्बू, शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं मेडिकल कलेज र भक्तपुरकै खरिपाटीमा राखिएको छ।

जिल्लामा पहिलोपल्ट मध्यपुर थिमिमा एक जना र चाँगुमा एक जनामा कोरोना पुष्टि भएको थियो, जसमा थिमिमा डेरामा बस्ने थिए भने चाँगुमा आफ्नै घर भएका स्थानीय थिए।

प्रकाशित: ९ भाद्र २०७७ ११:३० मंगलबार

कोरोना भाइरस कोरोना संक्रमण