पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना नयाँ संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण हुनेको संख्या ३ हजार ४ सय ८६ रहेको छ। जसमध्ये काठमाडौंमा २ हजार ७५६, ललितपुरमा ४४४ र भक्तपुरमा २८६ रहेको छ।
प्रकाशित: ९ भाद्र २०७७ १०:५६ मंगलबार