काठमाडौं उपत्यकामा १६६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १२६ जना, ललितपुरमा १२ र भक्तपुरमा २८ जना संक्रमित थपिएका हुन्।
उनका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण गरिएको छ।
प्रकाशित: ७ भाद्र २०७७ १०:३९ आइतबार