समाज

प्रहरीद्वारा १६ लाख नेपाली रुपैयाँ बरामद

प्रहरीले बरामद गरेको १६ लाख नेपाली रुपैयाँ ।

महागढीमाई नगरपालिका ७ बेनौलीबाट सवारी साधन चेकजाँचको क्रममा शनिबार १६ लाख नेपाली रुपैयाँ बरामद गरेको बारा प्रहरीले जनाएको छ।

प्रहरीले बेनौली चौकमा सवारी साधन रोकेर चेकजाँच गरेको देखेर  मोटरसाइकलमा आएका एक जनाले रातो झोला फालेर भाग्न सफल भएको र फालिएको झोलाबाट उक्त रकम बरामद गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।

झोला भित्र सात सय ६२ थान हजार र १६ सय ७६ थान पाँच सयको गरेर १६ लाख नेपाली रुपैयाँ रहेको उनले बताए।

रकम फालेर भाग्ने मानिसलाई खोज तलास गर्ने कार्य शुरु गरिएको पगेनीले बताए। फालिएको रकम तस्करी गर्न वा हुण्डीको हुन सक्ने अनुमाग गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०७७ ११:५४ शनिबार

नगद बरामद