समाज

उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण

उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्। 

उनका अनुसार काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित: ६ भाद्र २०७७ १०:४४ शनिबार

उपत्यका कोरोना संक्रमण