समाज

थप ७०७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ८ सय ३२  पिसिआर परीक्षणमा ७०७ जनामा संक्रमण देखिएको हो। २ सय ६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।   सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ रहेको छ।

भोजपुर, मनाङ, मुस्ताङ र जुम्लामा कुनै पनि संक्रमण देखिएको छैन।  

 

 

प्रकाशित: ४ भाद्र २०७७ १०:५४ बिहीबार

कोरोना संक्रमण