समाज

जडिबुटी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जडिबुटी चोकमा मालबाहक ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जडिबुटी चोकको आकासे पुल मुनीबाट बाटो काट्दै गरेका एक जनालाई ना ६ ख २९१७ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको थियो। मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रवति गाउँपालिका ७ का धनबहादुर कार्की छन्। उनको साथमा रहेको मतदाता परिचय पत्रका आधारमा मृतकको पहिचान भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: ४ भाद्र २०७७ ०८:२६ बिहीबार

दुर्घटना