समाज

आज दिउँसो र राति यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

आज बिहीबार पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार दिउँसो देशभर  सामान्यतया  बदली  रही  धेरै  स्थानमा  मेघगर्जन रचट्याङसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना  छ । बागमती, गण्डकी, कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  १-२  स्थानमा भने भारी  वर्षासमेत हुने  सम्भावना छ ।

यस्तै राति पनि प्रदेश १, बागमती, गण्डकी  र कर्णाली प्रदेशका केही स्थानमा  र बाँकी प्रदेशका थोरै स्थानमा  मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यमसम्म  वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी  र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भने भारी  वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  

बुलेटिनअन्तर्गत बिहान ६ बजे जारी गरिएको आगामी २४ घण्टा (का लागि चेतावनी तथा परामर्शमा भनिएको छ–  बागमती  प्रदेश, गण्डकी  प्रदेश, कर्णाली  प्रदेश र  सुदूरपश्चिम  प्रदेशका  १र२  स्थानमा  भारी  वर्षाको सम्भावना रहेकाले नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । 

प्रकाशित: ४ भाद्र २०७७ ०७:२६ बिहीबार

मौसम पूर्वानुमान महाशाखा