समाज

बुधबार बिहानसम्म सतर्कता अपनाऔं : मौसम महाशाखा

आज मंगलबार दिउँसो तथा राति देशका धेरै स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

मौसमविद्का अनुसार अहिले पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।  

दिउँसो (दिनमा) देशभर बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने राति अलि धेरै स्थानमा पानी पर्ने अनुमान गरिएको छ । साथै बागमती प्रदेश, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानमानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  

आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ– वर्षाको सम्भावना रहेका स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’ 

तीन दिनसम्मकाे वर्षा अनुमान तल-

प्रकाशित: २ भाद्र २०७७ १०:१५ मंगलबार

वर्षा