समाज

कोरोना संक्रमणबाट तनहुँकी एक महिलाको निधन

तनहुको व्यास नगरपालिका १ की ५० वर्षीया महिलाको कोरोना संक्रमण कारण मृत्यु भएको छ। पोखराको कास्की सेवा अस्पतालमा आज राति उनको निधन भएको अस्पतालका प्रबन्ध निर्देशक डा. पदम खड्काले जानकारी दिए। उनमा कोरोना पोजेटिभ रहेको रिपोर्ट भने मंगलवार बिहान मात्रै आएको हो।

खड्काकाअनुसार साउन ३२ गते उपचारका लागि अस्पताल भर्ना भएकी उनमा सुगर, प्रेसर, मुटु रोग र निमोनियाको समस्या थियो। स्वास्थ्यमा समस्या देखिएपछि आइसीयूमा राखेर उनको उपचार भैरहेको थियो। 

प्रकाशित: २ भाद्र २०७७ ०४:५९ मंगलबार

कोरोना संक्रमण