समाज

उपसभामुख तामाङ कोरोना संक्रमित

बाग्मती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ कोरोना भाइरस संक्रमित भएकी छिन्। हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टअनुसार उपसभामुख तामाङसहित मकवानपुरमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा एकजना संक्रमित व्यक्तिसँगको बैठकको क्रममा आफू पनि संक्रमित भएको अनुमान उपसभामुखले गरेकी छिन्। ‘उहाँको कोरोना परीक्षणका लागि दुईपटक स्वाब दिनुभएको थियो,’ स्वकीय सचिव एलिसा थापाले भनिन्, ‘सङ्क्रमण पुष्टि भएपछि उपसभामुखज्यू हेटौंडास्थित सरकारी आवासमा सेल्फ आइसोलेसनमा रहनुभएको छ।’

उपसभामुख तामाङले आफूसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराउँदै सतर्क रहन आग्रह गरेको उनले बताइन्।  

सामान्य रुघाखोकी देखा परे पनि अन्य स्वास्थ्य समस्या नभएको स्वकीय सचिव थापाले जानकारी दिएकी छिन्। यसैबीच, पछिल्लो तथ्यांकअनुसार विभिन्न जिल्ला घर भई मकवानपुरमा कार्यरत ११ जना पुरुष प्रहरी कोरोना संक्रमित भएको हेटौंडास्थित आइसोलेसन वार्डका प्रमुख एवं हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताए। उनका अनुसार बाँकी संक्रमितमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का तीन महिला र एकजना पुरुष तथा हेटौंडा १० का एकजना महिला रहेका छन्। 

प्रकाशित: २ भाद्र २०७७ ०४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App