आज सोमबार पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।
तर राति भने वर्षा अलि बढ्ने अनुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार राति देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
महाशाखाले सोमबार बिहान ६ जबे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ–
देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
विस्तृत जानकारी तलकाे सूचनामा-
बाढीकाे सम्भावना यस्ताे छ
प्रकाशित: १ भाद्र २०७७ ०८:०४ सोमबार