समाज

प्रदेश २ मा आइतबार थपिए एक सय ४४ जना संक्रमित

प्रदेश २ मा आइतबार १ सय ४४ जना नयाँ संक्रमित थपिएको छ। यससँगै यस प्रदेशमा संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको छ। एक साता भित्र मात्र १ हजार ३ सय ४४ नयाँ संक्रमित थपिएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार सबैभन्दा बढी ६६ जना संक्रमित पर्सा जिल्लामा थपिएका छन्। यससँगै पर्सामा कूल संक्रमित संख्या १ हजार २ सय ९२ पुगेको छ। धनुषामा ३२ जना संक्रमित थपिएका छन्। धनुषामा कूल संक्रमितको संख्या १ हजार ५४ पुगेको छ।  महोत्तरीमा ७ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ९ पुगेको छ। सर्लाहीमा १२ जना थपिएसँगै संक्रमितको संख्या ९ सय ४६ पुगेको छ। रौतहटमा २१ जना थपिएर संक्रमितको संख्या १ हजार ४ सय ६ पुगेको छ। बारामा ३ जना थपिएर संक्रमितको संख्या ३ सय २३ पुगेको छ। सप्तरीमा २७ जना थपिएर संक्रमितको संख्या ६ सय ६१ पुगेको छ। बारामा ६ जना थपिएर ३ सय २९ पुगेको छ। सिरहामा २ सय ६३ पुगेको छ भने सप्तरी ६ सय ६१ पुगेको छ।

आइतबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ का ४३ वर्षीय पुरुष र वीरगंज महानगरपालिका १६ सुगौलीका ४७ वर्षीय पुरुषको मृत्युसँगै यस प्रदेशमा कोरोनाबाट मृत्यु हुने ४५ जनाको पहिचान भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यस प्रदेशमा सबैभन्दा बढी पर्सामा २१, धनुषामा ८, बारामा ६, सप्तरीमा ३, रौतहटमा २, महोत्तरीमा २, सिरहामा २, सर्लाहीमा १ जनाको मृत्यु भएको छ। यस प्रदेशमा ३ हजार ६ सय ८७ जना निको भएर घर फर्किसकेका छन।

प्रकाशित: ३२ श्रावण २०७७ १३:४७ आइतबार

काेराेना संक्रमित