समाज

बारामा सोमबारदेखि घरको कम्पाउन्डमा पनि निस्कन नपाइने

कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षाका लागि भनेर बारामा स्थानीय प्रशासनले अत्यावश्यक नपरी आफ्नै घरको कम्पाउन्डमा समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरेको छ ।  

जिल्ला कोभिड समन्वय समितिको बैठकले सोमबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

यस अवधिमा औषधि पसल २४सै घण्टा खुला तर अन्य अत्यावश्यक सामग्रीका समेत जस्तै : खाद्यान्न, ग्यास, इन्धन, दूध डेरी, तरकारीका पसलसमेत बिहान ८ बजेसम्म मात्र खाेल्न पाइने सूचनामा उल्लेख छ ।  

यसबाहेक निषेधाज्ञा अवधिमर आफ्नो घरको कम्पाउन्डमा समेत ननिस्कना कडा निर्देशन जारी गरिएकाे छ । अन्यथा कानुनबमोजिम कडा कार्बाही गरिने चेतावनी दिइएको छ ।  

प्रकाशित: ३२ श्रावण २०७७ ११:४८ आइतबार

निषेधाज्ञा