समाज

नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एकजना पुरुष र मोरङमा एक जना महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म कोरोनाबाट प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ४५ र बागमती प्रदेशमा १८ जनाको मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा ६, प्रदेश नम्बर ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ गरी एक सय चार जनाको मृत्यु भएको छ ।

अहिले आइसियुमा १ सय जना उपचाररत रहेका छन्। प्रदेश नम्बर २ मा ४१ जना, बागमती प्रदेशमा ४७ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश नम्बर ५ मा ११ जना आइसियुमा उपचाररत रहेको उनले बताए । यस्तै बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।

देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ । प्रदेश नम्बर १ मा ८३ हजार ८ सय ६९, बागमती प्रदेशमा २ हजार ८६ र गण्डकी प्रदेशमा २ सय ८० जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ४० कर्णाली प्रदेशमा २ सय १३ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७० गरी ८ हजार ७ सय २४ जना विभिन्न अस्पतालका आइलेसेलनमा उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर १ मा ९३ जना, प्रदेश नम्बर २ मा ९८ जना, बागमती प्रदेशमा १ सय ५ र प्रदेश नम्बर ५ मा १ सय ८१ जना होम आइलेसेलनमा रहेका छन । यस्तै कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिममा १२ जना संक्रमित गरी ४ सय ९७ जना होम आइलेसेनमा रहेका छन ।

आइतबार १ सय ३४ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा १ हजार १ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ६ सय १२, बागमती प्रदेशमा ६ सय ५४ र गण्डकी प्रदेशमा १ हजार ५ सय २८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८८, कर्णाली प्रदेशमा १ हजार ९ सय ३८ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ७ गरी आजसम्म १७ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन ।

देशभरी क्वारेन्टिनमा १५ हजार २ सय ४३ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार ५ सय ८७, प्रदेश नम्बर २ मा १ हजार ६ सय ३१, बागमती प्रदेशमा १ हजार ७ सय ४० र गण्डकी प्रदेशमा २ हजार ९ सय ९९ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ८, कर्णाली प्रदेशमा ७ सय २ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ७६ जना क्वारेन्टिनमा रहेका छन ।

प्रकाशित: ३२ श्रावण २०७७ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App