समाज

झारफुकको बहानामा बलात्कार

झारफुकको बहाना पारेर सल्यानमा एकजनाले भाउजु नाता पर्नेलाई जबरजस्ती बलात्कार गरेका छन्। सल्यानको शारदा नगरपालिका सिमखर्कका ३८ वर्षीय पुरुषले ४० वर्षीया ती महिलालाई बलात्कार गरेका हुन्।

प्रहरीले जबरजस्ती बलात्कार गर्नेलाई पक्राउ गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता उमाकान्त जोशीले जानकारी दिए।

प्रकाशित: ३१ श्रावण २०७७ ११:२९ शनिबार

बलात्कार