समाज

फलामे ढोकाले किचेर बहिनीको मृत्यु, दिदी गम्भीर घाइते

प्रतिकात्मक तस्बिर

झापाको बिर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले किचेर शनिबार एक बालिकाको मृत्यु भएको छ भने अर्की गम्भीर घाइते भएकी छन् ।  

झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको ढोकाले किच्दा स्थानीय निर्मल सुनुवारकी ८ वर्षीया छोरी एन्जलको मृत्यु भएको हो ।  

सुनुवारका खेल्दै गरेका छोरीद्वय ११ वर्षीया एलुन र ८ वर्षीया एन्जला शुक्रबार गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । 

उपचारकै क्रममा एन्जलको मृत्यु भएको हो भने एलुनको उपचार चलिरहेको प्रवक्ता थापाले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।  

प्रकाशित: ३१ श्रावण २०७७ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App