समाज

भक्तपुरमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो

भक्तपुरमा कोरोना संक्रमितहरुको संख्या एक सय नाघेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांक अनुसार शुक्रबारसम्म जिल्लामा कोरोना संक्रमितहरुको संख्या एक सय १५ पुगेको छ। शुक्रबारमात्रै यहाँं ६ जना कोरोना संक्रमित थपिएका छन्।  

कार्यालय प्रमुख कृष्ण मिजारका अनुसार यहाँका चारवटै नगरपालिकाहरुमा कोरोना संक्रमित भेटिएका छन्। यहाँं भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण गरी चार वटा नगरपालिकाहरु छन्।

प्रमुख मिजारले सवै नगरपालिकाहरुमा कोरोना सक्रमित भेटिए पनि नगरपालिका अनुसारको तथ्यांक छुटाउन बाँंकी रहेको जनाए। जिल्लामा कोरोनाबाट अहिलेसम्म ५४ जना निको भइसकेका छन्।

प्रकाशित: ३० श्रावण २०७७ ११:२७ शुक्रबार

कोरोना संक्रमित