समाज

पूर्वमन्त्री मोहन बस्नेतले स्वाब दिन मानेनन्, उनका कोरोना संक्रमित पिताको मलामी गएकाहरू चिन्तामा

फाइल तस्बिर : पूर्वमन्त्री मोहन बस्नेत

ठूलो संख्या मलामी सहभागी भई दाहसंस्कार गरिसकेपछि कोरोना पुष्टिको रिपोर्ट आएका ८४ वर्षीय खड्गबहादुर बस्नेतका छोरा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्वाब दिन अस्वीकार गरेका छन् ।  

उनी निवासी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार जिल्ला स्वास्थ्य कार्यालय र बाह्रबिसे नगर स्वास्थ्य कार्यालयबाट गएको टोलीलाई पूर्वमन्त्री बस्नेतले आफ्नो परिवारको स्वाब दिन अस्वीकार गरेका हुन् ।  

‘घटनाप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित परिवारले स्वाब दिन नमान्दा मृत्यु संस्कारमा सहभागी भएका मलामी, नगरवासी तथा समवेदनाका लागि आएकाहरूमा समेत ठूलो त्रास र सन्देहको अवस्था आएको छ ।’

प्रकाशित: २९ श्रावण २०७७ १२:२६ बिहीबार