समाज

देशभर केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

आज बिहीबार पनि देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (दिनमा) देशभर सामान्य बदली रही  केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश  र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्य  बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाहखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।  

बिहीबार बिहान महाशाखाले जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ- ‘उक्त स्थान (वर्षा हुने) का नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

तीन दिनसम्मको अनुमान तल :

यस्तो छ बाढीको सम्भावना

आज बिहीबार अरूणखोला, रिउखोला, तिनाउ, वाणगंगा, पश्चिमराप्ती, बबईका केही स(साना सहायक नदीमा आकस्मिक बहाब हुन सक्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार आगामी ३ दिन देशैभरका प्रमुख तथा मझौला नदीमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै हुने अनुमान छ ।  

तलको पूर्वानुमान बुलेटिन हेर्नुहोस् :

प्रकाशित: २९ श्रावण २०७७ ०७:४६ बिहीबार