समाज

अख्तियार प्रमुख संक्रमित

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । राष्ट्रिय इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत शुक्रबार आयोगका कर्मचारीको नमुना संकलन गरिएको थियो । आयोगका प्रमुख आयुक्त घिमिरेलाई संक्रमण भएको मंगलबार पुष्टि भएको हो । आयोगका प्रमुख आयुक्त घिमिरेसहित ४१ सुरक्षाकर्मी तथा अन्य कर्मचारीमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

प्रकाशित: २८ श्रावण २०७७ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App