समाज

बेपत्ता आयोगको प्रवक्तामा डा.अधिकारी

बेपत्ता पारिएका व्यक्तिको छानबीन आयोगको प्रवक्तामा आयोगका सदस्य डा.गंगाधर अधिकारी तोकिएका छन्। गत फागुनमा गठन भएको बेपत्ता आयोगले पाँच महिनापछि बल्ल प्रवक्ता तोकेको हो।  

आयोगका सदस्य अधिकारीलाई सञ्चारमाध्यमसँगको सहकार्यका लागि सहज बनाउन प्रवक्ता तोकिएको आयोगले जनाएको छ।  

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य पत्ता लगाउन बनेको आयोगमा दोस्रोपटक पदाधिकारी चयन गरिएको हो। कोरोना संक्रमणको महामारी शुरु भएपछि नयाँ पदाधिकारीले सोचेजस्तो काम गर्न नपाएको गुनासो गरेका छन्। बेपत्ता आयोगमा करिब २ हजार ५ सय उजुरी दर्ता छन्।

 

प्रकाशित: २७ श्रावण २०७७ १२:५९ मंगलबार