समाज

स्रोत नखुलेको रकमसहित खानेपानी संस्थान रूपन्देहीका प्रमुख अख्तियारको नियन्त्रणमा

नेपाल खानेपानी संस्थान रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहलाई घुस उठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।  

इन्जिनियर समेत रहेका सहले खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुस रकम उठाई काठमाडौं आउँदै गर्दा धादिङ खानीखोलाबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए। उनी संस्थानको लु १ ञ ९५ नं. को गाडीमा बुटवलबाट काठमाडौं आइरहेका थिए।  

उनको साथबाट स्रोत नखुलेको दुई लाख तेत्तीस हजार पाँच सय र  बैंकमा जम्मा गरेको बैंक भौचर  आठ लाख बाइस हजार बराबरको रकम बरामद गरेको छ। यस विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।

 

 

प्रकाशित: २६ श्रावण २०७७ ०८:१९ सोमबार

घुस सहित पक्राउ