समाज

बाढीपहिरो रोकथामका लागि पूर्वतयारी

प्रदेश नं ५ अन्तर्गत १२ वटै जिल्लामा सम्भावित बाढीपहिराको जोखिमलाई आङ्कलन गरी सम्भावित बचावट तथा रोकथामका लागि पूर्वआवश्यक तयारी गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास महाशाखाका अनुसार विशेषगरी पहाडी जिल्लाहरुसहित सबै जिल्लामा बाढीपहिराबाट हुनसक्ने क्षति कम गर्न पूर्वतयारी गरिएको हो।

सार्वजनिक सम्पत्ति, व्यक्तिगत घर, बाटो, पुलपुलेसाको संरक्षणका लागि १२ वटै डिभिजन कार्यालयमा आपत्कालीन बचावटका सामग्री तयारी अवस्थामा राखिएको जलस्रोत तथा ऊर्जा विकास महाशाखाका धुव्रराज पौडेलले जानकारी दिए। बाढीपहिरो आउन सक्ने सम्भावित जिल्लामा मन्त्रालयअन्तर्गत रहेका सबै डिभिजन कार्यालयमा तारजाली, ढुङ्गा, प्लास्टिकका बोरा, नाइलन जालीलगायत आपत्कालीन बचावटका सामग्री राखिएको छ। महाशाखाका अनुसार हालसम्म बाढीपहिराका कारण विभिन्न जिल्लामा भएको क्षतिको विवरणसमेत सङ्कलन गरिएको छ। बाढीपहिराका दृृष्टिले प्रदेश नं ५ का पहाडी जिल्ला जोखिममा मानिन्छन्।

प्रकाशित: २५ श्रावण २०७७ ०७:४८ आइतबार