समाज

जनकपुरमा दुई जनाको मृत्यु, कोरोना परीक्षण हुँदै

जनकपुरधाममको दुई छुट्टाछुट्टै अस्पतालमा आइतबार बिहान दुईजनाको मृत्यु भएको छ। कोरिनासँग मिल्दोजुल्दो लक्षण देखिएकोले पिसिआर परीक्षणका लागि  दुवै जनाको स्वाब संकलन गरिएको छ।  

जनकपुरधामको कदमचोक स्थित विनय तारा फाउन्डेशन अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत एकजना पुरुष र काब्या हस्पिटलमा पचाररत अर्का बिरामीको मृत्यु भएको छ।  

घर बिदामा गएका मिथिला विहारी गाउँपालिका-५ ललियाका सुरक्षागार्ड आइतबार विहान ७ बजे शौचालयबाट फर्केपछि सास फेर्न गाह्रो महसुस भएपछि उपचारकाका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो। तीन चारदिन देखि ज्वरोले थलिएका उनि गाउँकै औषधि पसलबाट औषधि किनेर खाइरहेका थिए। कोरोनाको शंका लागेर स्वाब परीक्षणका लागि पठाइएको छ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले नागरिकसंग भने' रिपोर्टको आधारमा शव व्यवस्थापन गरिने छ।' अहिले अस्पतालमा आउजाउमा रोक लगाइएको उनले बताए।

यसैगरी, जानकपुरधामकै काब्या हस्पिटलमा उपचाररत  मुटु र दमका विरामीको पनि मृत्यु भएको छ। प्रजिअ  भट्टराईका अनुसार पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर शव दाहसंस्कारका लागि परिवारजनलाई बुझाएको बताए।

 

 

प्रकाशित: २५ श्रावण २०७७ ०६:२४ आइतबार

पिसिआर परीक्षण